महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा चतुर्थी - १९

पृष्ठभूमी

२०७५/०७६ देखि साविक सार्वजनिक निर्माण कार्यान्वयन ईकाइको रुपमा स्थापना भई गजुरी, धादिङ भैसेपाटी, काभ्रेपलाञ्चोकबाट बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लामा यसले सार्वजनिक निर्माण सम्वन्धी कार्यक्रमहरुको कार्यान्वयन गर्दै आइरहेकोमा हाल बागमती प्रदेश भित्र वर्तमान संगठन संरचना अनुसार वटा ( हेटौडा मकवानपुर, गजुरी धादिङ, धुलिखेल काभ्रेपलाञ्चोक भैंसेपाटी ललितपुर ) सामाजिक विकास कार्यालय स्थापना भएको विद्यालयको भौतिक पूर्वाधार निर्माण, शैक्षिक गुणस्तर अभिवृद्धि, सीप विकास तालिम तथा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायतका लक्षित वर्गहरुसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्दछ।

यस सामाजिक विकास कार्यालय भैंसेपाटी ललितपुरले स्थापना पश्चात मिति २०८१ श्रावण गते देखि आफ्नो कार्यक्षेत्र भित्र पर्ने २०८१।०८२ को बार्षिक स्वीकृत कार्यक्रमहरुको कार्यान्वयन गर्दै आइरहेको अवस्था यसको कार्यालय हाल ललितपुर जिल्लाको भैंसेपाटी, ललितपुर (श्रीकुल बोर्डिङ स्कूल नजिक ) रहेको

यस कार्यालय अन्तर्गतको कार्य विवरण सम्वन्धी जानकारी

) सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय तथा स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, हेटौडा अन्तर्गतका तोकिएका सामुदायिक विद्यालय, क्याम्पस ,प्राविधिक तथा व्यावसायिक शिक्षा लगायत सार्वजनिक संस्थाहरुको भौतिक पूर्वाधार निर्माण, भौतिक सवलीकरण, खेलकुद पूर्वाधार निर्माण लगायत विभिन्न भौतिक निर्माणका स्वीकृत बार्षिक कार्यक्रमहरु सञ्चालन गर्ने गराउने,

) सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौडा अन्तर्गत सिपमूलक तालिम लगायत महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको सशक्तिकरण एवम् प्रवर्धनका क्षेत्रमा शिक्षा विकास तथा सामाजिक विकास सम्वन्धी तोकिएका स्वीकृत बार्षिक कार्यक्रमहरु सञ्चालन गर्ने गराउने,

) माथि उल्लेखित कार्यक्रमहरुको कार्यान्वयन, अनुगमन, निरीक्षण एवम् मूल्याङ्कन सहितको प्रतिवेदन सम्वन्धित मन्त्रालय तथा तत् अन्तर्गतका निकायमा पेश गर्ने,

) सम्वन्धित मन्त्रालयहरु तथा निर्देशनालयले गरेको निर्णय, निर्देशन तथा परिपत्रहरुको कार्यान्वयन गर्ने ।