महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा चतुर्थी - १९

परिचय

परिचय

सामाजिक विकास कार्यालय बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक क्षेत्रमा कार्य सम्पादन गर्ने जिम्मेवारी सहित स्थापना भएको हो। यस कार्यालय अन्तर्गत शिक्षा, गरिबी निवारण, महिला, बालबालिकाका, जेष्ठ नागरिक, अपाङ्ग, सामाजिक सुरक्षा र सीपमूलक तालिम जस्ता विषय क्षेत्रहरूको कार्य जिम्मेवारी तोकिएको छ । खास गरी नागरिकलाई सर्व सुलभ गुणस्तरीय शिक्षा उपलब्ध गराई जीवन स्तरमा सुधार ल्याउनु, अपाङ्ग तथा अशक्त नागरिकलाई समान व्यवहार र विशेष सेवा सुविधा उपलब्ध गराउनु, युवाहरूको सीप र दक्षता विकास गराइ रोजगारीका अवसरहरू सृजना गर्नु एवं सामाजिक क्षेत्रको संरक्षण र विकास गर्नु यस कार्यालयको मुख्य भूमिका रहेको छ ।